सोमबार, असार २,२०८२ 09:25:01
  • सोमबार, असार २,२०८२ 09:25:01
Global IME Bank Limited

विश्वकै पहिलो सीएनजी बाइक कति सुरक्षित ? क्र्यास टेस्टबाट आयो यस्तो नतिजा

Hyundai Nepal
विश्वकै पहिलो सीएनजी बाइक कति सुरक्षित ? क्र्यास टेस्टबाट आयो यस्तो नतिजा
Nabil Bank Limited

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी बजाजले लञ्च गरेको विश्वकै पहिलो सीएनजी बाइक,‘बजार फ्रीडम १२५’को सेफ्टी टेस्ट गरिएको छ । कम्पनीले बाइकका विषयमा देखिएको भयलाई चिर्न विभिन्न सिनारियोमा क्र्यास टेस्ट गरेको हो ।  

बजाजले दुई प्रकारको क्रयास टेस्ट गरेको छ । पहिलो टेस्टमा बाइकको अगाडिको भागमा १.५ टनको गाडी जुधाइएको थियो । ६० किलोमिटर प्रतिघण्टाको गतिमा जुधाइएकोमा फ्रीडम सीएनजीको अघिल्लो भाग ड्यामेज भएको थियो । यसका साथै अगाडिको टायर बांगिुनका साथै फ्युल ट्याङ्कको लिड खुलेको थियो । यद्यपी बाइकमा अन्य गम्भिर नोक्सानी नपुगेको जनाइएको छ ।  

महत्वपूर्ण कुरा यो क्र्यासमा सिट तल रहेको सीएनजी ट्याङकमा कुनै पनि असर परेन । बजारले यो क्र्यासमा सीएनजी ट्याङ्कबाट कुनै पनि ग्यास लिक नभएको दाबी गरेको छ ।  

यस्तै १० टनको ट्रकसँग जुधाएर दोस्रो क्र्यास टेस्ट गरिएको थियो । ट्रक मुनि बाइक कुल्चाइएकोमा बाइकको फ्युल ट्याङ्कमा असर परको थियो । तर सीएनजी सिलेण्डरमा भने कुनै असर नपरेको कम्पनीले दाबी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत ५ जुलाईमा विश्वकै पहिलो सीएनजी बाइक लञ्च गरेको थियो ।  यो बाइक चलाउनका लागि २ वटा फ्युल अप्शन अर्थात २ लिटरको पेट्रोल ट्याङ्क र २ किलोको सीएनजी ट्याङ्क दिइएको छ । दुवै ट्याकं एकपटक फुल गराउदा ३३० किमीको माइलेज प्राप्त हुन्छ । बाइक चालकले एउटा बटनबाट सीएनजीबाट पेट्रोल र पेट्रोलबाट सीएनजीमा स्विच गर्न सक्छन् । यो बाइकको एक्स शोरुम मूल्य ९५ हजारदेखि १.१० लाख भारुसम्म निर्धारण गरिएको छ ।  

भारतमा यो बाइकको बुकिङ सुरु भईसकेको छ । यसको डेलिभरी सर्वप्रथम महाराष्ट्र र गुजरातमा हुने जनाइएको छ । बाँकी राज्यहरुमा भने फेज बाइक उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो बाइक ३ वटा भेरियन्टमा उपलब्ध छ ।  

पूर्ण रुपमा ग्यास भर्दा सीएनजी ट्याङ्कको तोल १८ केजी हुन्छ । कम्पनीले सीएनजीमा १०० किलोमिटर प्रति किलोग्राम र पेट्रोलको उपयोगमा ६५ केपीएल माइलेज प्राप्त हुने दाबी गरेको छ । यसमा १२५ सीसीको सिंगल–सिलेन्डर इन्जिन दिइएको छ । जसले ९.५ पीएसको पावर र ९.७ एमएमको पिक टार्क जेनेरेट गर्छ । यो इन्जिन पेट्रोल र सीएनजी दुवैबाट चल्छ ।  

यो बाइकको सीटको लम्बाई ७८५ एमएम रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.