शुक्रबार, असार ६,२०८२ 04:27:26
  • शुक्रबार, असार ६,२०८२ 04:27:26
Global IME Bank Limited

दक्षिण कोरियामा तलबवृद्धि र बिदाको माग गर्दै कर्मचारी अनिश्चितकालीन हडतालमा

Hyundai Nepal
दक्षिण कोरियामा तलबवृद्धि र बिदाको माग गर्दै कर्मचारी अनिश्चितकालीन हडतालमा
Nabil Bank Limited

काठमाण्डौ। दक्षिण कोरियामा तलबवृद्धि र बिदाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। प्रसिद्द इलेक्ट्रोनिक कम्पनी, सामसङका हजारौं कर्मचारीहरू थप सेवासुविधा र तलबवृद्धिको माग गर्दै अनिश्चितकालीन हडतालमा उत्रिएका हुन्।  

 

CG Motors
Muktinath Bikas Bank Limited

राष्ट्रिय सामसङ इलेक्ट्रोनिक्स युनियन नामक संस्थाले आफूहरूका माग लामो समयदेखि कम्पनीले नसुनेपछि कडा आन्दोलनमा जान बाध्य भएको जनाएको छ।

युनियनमा करिब ३६ हजार ५ सय ७० सदस्य रहेको र यो सामसङको कुल कर्मचारी संख्याको झन्डै २५ प्रतिशत हुने द कोरिया हेराल्डले जनाएको छ।

सामसङले भने युनियनका सदस्यहरूमध्ये झन्डै ५ हजारले काम छाडेको पुष्टि गर्दै हडतालका कारण कम्पनीको उत्पादनसम्बन्धी कार्यहरूमा कुनै प्रभाव नपरेको प्रतिक्रिया दिएको छ।

युनियनले कम्पनीका गतिविधि र उत्पादनमा प्रभाव परेको र जनवरीयता ५।१ प्रतिशत तलब बढ्नुपर्ने शर्त कम्पनीले सुन्नैपर्ने धारणा राखेको छ।

पहिलो चरणको आम हडतालपछि पनि कम्पनीले वार्ता वा सहमतिको कुनै प्रयास गरेन, यसपटक हाम्रो उद्देश्य कम्पनीका गतिविधिमा असर पार्ने मात्रै नभएर हाम्रो अवस्था कति गम्भीर छ भनेर बुझाउने पनि हो, युनियनकी वरीष्ठ सदस्य पार्क सियोलको भनाइ छ।

सामसङ इलेक्ट्रोनिक्स दक्षिण कोरियाको सामसङ समूहको एक प्रमुख हिस्सा हो। यो कम्पनी विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टीभी उत्पादक पनि हो। 

झन्डै २५८ अर्ब अमेरिकी डलरभन्दा बढी वार्षिक आम्दानी गर्ने कम्पनीले सन् २०२३ मा विश्व टीभी बजारको झन्डै ३० प्रतिशत हिस्सा ओगटेको छ। 

कम्पनीले सस्ता र महँगा गरेर लगभग एक अर्ब थान मोबाइल फोन उत्पादन गर्ने तथ्यांक सार्वजनिक भएका छन्।

यस्तै, झन्डै ५०० अर्ब अमेरिकी डलरभन्दा बढीको बजार मूल्यका साथ यो कम्पनी विश्वकै ठूलो मेमोरी चिप निर्माता कम्पनीको रूपमा समेत चिनिन्छ। 

एसियाकै चौथो ठूलो अर्थतन्त्रको रूपमा रहेको दक्षिण कोरियाकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक सामसङले अघिल्लो महिना आफ्नो इतिहासकै पहिलो र्‍याली र हडतालको सामना गरेको थियो।

तलब बढाउनुपर्ने मागसँगै बिदा, बोनस लगायत मुद्दाहरूमा कम्पनी र युनियनबीच विवाद चल्दै आएको छ। 

कम्पनीमा आक्रामक रणनीतिका साथ युनियन गतिविधि हुन नदिन सामसङले गरेको प्रयास विस्तारै असफल हुँदै गएको देखिन्छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.