शुक्रबार, असार ६,२०८२ 07:17:59
  • शुक्रबार, असार ६,२०८२ 07:17:59
Global IME Bank Limited

सिमलताल पहिरोः ३ जिल्लामा भेटियो १३ जनाको शव

Hyundai Nepal
सिमलताल पहिरोः ३ जिल्लामा भेटियो १३ जनाको शव
Nabil Bank Limited

काठमाण्डौ । चितवनको भरतपुर–२९ सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । गत शुक्राबार पहिरोका कारण बगाएका २ वटा बसमा सवार ९ वटा यात्रुको शव नवलपुरमा भेटिएका छन् ।

यस्तै चितवनमा ३ र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । नवलपरासीमा हिजो ४ वटा शव भेटिएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

नवलपुरमा हालसम्म भेटिएका ९ शवमध्ये ५ को पहिचान खुलेको छ । हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका २ शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ ।

यस्तै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको हो ।  

हालसम्म ३ जिल्लामा भेटिएका १३ वटा शवमध्ये ५ वटा शवको पहिचान हुन सकेको छैन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.