सोमबार, असार २,२०८२ 07:32:24
  • सोमबार, असार २,२०८२ 07:32:24
Global IME Bank Limited

लुयानको मनसुन अफरः रु.१० हजार नगद छुटसहित यस्ता छन् सुविधा

Hyundai Nepal
लुयानको मनसुन अफरः रु.१० हजार नगद छुटसहित यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर सुरु गरेको छ । यस अफरअन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट समेत ग्राहकले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सधै झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्ने छन् । यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने कम्पनीले जनाएको छ, साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

लुयानका स्कुटरहरु आईपी६७  रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने खालको हुन्छ ।  

विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन) ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु नेपालमाआधिकारिक वितरकको रुपमा बिक्रि–वितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छ ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रि–वितरण र बिक्रि पछिको सेवाको व्यवस्था मिलाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.