बिहीबार, असार १८,२०८३ 01:29:35
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:29:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'

Laxmi Sunrise Bank Limited
बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने दाबी गर्दै राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।  

उनलाई बधाई दिन पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  

सो क्रममा उनले जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिनँ भन्ने प्रबृति अन्त्यका लागि राज्य तत्पर रहेको आश्वासन समेत दिए । साथै, बंैकका कर्मचारीमाथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । 

New Office
CG Motors
Garima Development Bank

पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखापरेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सबै अग्रसर हुनुपर्नेमा जोड दिए । मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउनेतर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।  

अर्थमन्त्रीलाई बधाई दिन पुगेको एनबीएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका अध्यक्ष सुनिल के.सी. ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखापरेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए ।  

साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने उनको धारणा थियो ।  

सो क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्थालक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.