मंगलवार, जेष्ठ ५,२०८३ 04:52:00
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:52:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग

Laxmi Sunrise Bank Limited
लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग
Shivam Cement

काठमाण्डौ । प्रख्यात धाविका मीरा राईले सञ्चालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हुन् ।  

दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गरेका हुन । उक्त दौड उनले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए । रकम दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधिन मीरा राई ट्रेनिङ सेन्टर तथा आवासका लागि खर्च गरिने छ । राजेन्द्रलाई उक्त रकम उनकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गरेका हुन् । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्व खेलाडी पनि हुन् ।

भवन निर्माण स्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहिबार मीरा र इनिसियटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । खेलकुदप्रेमी सुनिल प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार पनि हुन् । विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै गुरुङले संसारभर नेपालको नाम चम्काउँने मीरा जस्ता साहसी खेलाडीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।

Bizshala
New Office
CG Motors

‘देशविदेशमा रहेर अथक मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पुरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भनिन, ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशी मात्र बनाएको छैन, खेलाडीहरुका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।’

अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा  यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उनले बताइन । ‘आफुले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भनिन, ‘अवसर नपाएका प्रतिभावान खेलाडीहरु खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाँझ चिनाउँने लक्ष्य छ ।’ देश विदेशमा खेलेर जम्मा गरेको पैसाले जग्गा जोडन सफल भएपनि भवन बनाउन सम्भव थिएन तर विश्वभर रहनुहुने शुभचिन्तकहरुका सहयोगले आज सपना साकार हुने अवस्थामा आइपुगेको समेत उनले सुनाइन ।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राई सन् २०१७ मा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता पनि हुन् । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् ।तत्कालीन् सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उनको जीवन खेलतर्फ मोडिएको थियो । उनले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् । उनले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसकेकी छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.