शुक्रबार, असार ६,२०८२ 07:47:22
  • शुक्रबार, असार ६,२०८२ 07:47:22
Global IME Bank Limited

राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, ३ स्टार्टअप फाइनलमा

Hyundai Nepal
राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, ३ स्टार्टअप फाइनलमा
Nabil Bank Limited

काठमाण्डौ । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१’ बुधबार काठमाण्डौमा सम्पन्न भएको छ ।  

युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा उद्यमीको सहभागिता रहेको थियो । युवा कृषि उद्यमीलाई कृषि र खाद्य प्रणालीमा महत्त्वपूर्ण योगदान पु¥याउन सहयोग गर्नेउद्देश्यका साथ आयोजित बुटक्याम्प तीन दिनसम्म सञ्चालन भएको थियो ।

युवा कृषि नवप्रवर्तन प्रतियोगिताका लागि कूल ५८ आवेदनहरू मध्ये २१ कृषिमा आधारित स्टार्टअप प्रतिनिधित्व गर्दै ३८ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी सहभागीले कृषि तथा प्रविधि, खाद्य प्रणालीदेखि व्यवसाय योजना र अन्य महत्वपूर्ण सवालमा छलफल गरेका थिए। प्रतियोगितामा नेपालका सातै प्रदेशका १८–३० उमेर समूहका युवा नवप्रवर्तक एकै ठाउँमा भेला हुदै कृषि, जैविक मल, कृषि–प्रविधि र नेपाली मौलिक उत्पादनसँग जोडिएका नवप्रवर्तनहरू प्रर्दशनीमा राखिएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अवसरमा संसद सोबिता गौतमले युवा ऊर्जाले नवप्रवर्तन र परिवर्तनमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरमा जोड दिइन् । उनले कृषि क्षेत्रमा व्याप्त समस्यालाई नवप्रवर्तनकारी समाधान मार्फत अन्त्य गर्न सकिने बताइन् ।

त्यसै गरी नेपाल र भुटानका लागि एफएओ प्रतिनिधि केन सिमिजुले आफ्ने संस्थाका प्राथमिकता प्रकाश पादै युवाले थालनी गरेका प्रयासमा आफ्नो साथ रहेको बताए ।

यूएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेदांगोदा–लाबेले युवामा लगानी बढाउनु पर्ने आवश्यकतालाई महत्व दिदै युवालाई असफल हुने चिन्ताबाट बाहिर निस्कन आग्रह गर्नुका साथै नयाँ सोच–विचारमा केन्दि«त हुन प्रोत्साहन गर्नुभयो ।

युथ इनोवेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बुटक्याम्पमा आफ्नो समय र प्रयास समर्पित गर्ने युवा उद्यमीको प्रशंसा गदै कृषि क्षेत्रमा थप युवा संलग्न हुनुपर्ने खाँचोमा जोड दिए ।  

कार्यक्रममा ५८ मध्ये सबैभन्दा नवप्रवर्तक र विस्तारयोग्य तीन स्टार्टअपलाईजनही एक लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको थियो । विजेता स्टार्टअपहरू सतत्व फूड प्रोडक्ट्स, टावरगानिक्स नेपाल र ज्योति हेल्थी स्न्याक्स् रहेका छन् । यी तीन संस्थाहरू अन्तिम आठ समूहमा छनौट भएका स्टार्टअपहरुलेगरेको प्रस्तुतिकोआधारमा छनौट भएका थिए । छनौटकर्तामा पहाडी फुड्सका सह–संस्थापक सञ्जय काफ्ले, खेतिपतिका संस्थापक प्रकृति गौतम, एफएओ नेपालका कार्यक्रम विशेषज्ञ अरुण जीसी र यूएनडिपी नेपालका कार्यक्रम प्रबन्धक(वातावरण तथा अनुकुलता) प्रज्ञाजन यलम्बर राई रहेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.