सोमबार, असार २,२०८२ 07:11:51
  • सोमबार, असार २,२०८२ 07:11:51
Global IME Bank Limited

ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात

Hyundai Nepal
ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात
Nabil Bank Limited

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा देशमा ११ हजारभन्दा बढी ईभी गाडी भित्र्याइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो वर्ष ११ हजार ७०१ ईभी सवारी साधन नेपाल भित्र्याइएको हो ।  

यो अवधिमा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँबराबरको ईभी आयात भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा देशमा ४ हजार ५० ईभी सवारी साधन मात्रै आयात भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा आयात गरिएको कुल ईभी गाडीमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ गाडी रहेका छन् । यस्तै दोस्रोमा ५० किलोवाट क्षमतासम्मका ४ हजार ५७१ जीप, भ्यान र कार आयात गरिएको तथ्यांकले देखाउँछ । यो अवधिमा चीनबाट सबैभन्दा धेरै ईभी गाडी आयात गरिएको छ । चीनबाट ८ हजार ६५ ईभी गाडी भित्र्याइएको छ । यो संख्या कुल आयात भएको ईभी गाडीको तुलनामा ६८.९२ प्रतिशत हुन आउँछ ।  

भारतबाट यो अवधिमा ३ हजार ३७७ ईभी गाडी आयात गरिएको विभागले जनाएको छ ।  

आर्थिक वर्ष २०८०/८१ मा आयात भएका ईभीबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ ईभी नेपाल भित्र्याइएको छ । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका चार हजार ५७१ जीप, भ्यान र कार आयात गरिएको विभागले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.