बिहीबार, असार ५,२०८२ 06:24:56
  • बिहीबार, असार ५,२०८२ 06:24:56
Global IME Bank Limited

खिर खाएर साउन १५ मनाइँदै

Hyundai Nepal
खिर खाएर साउन १५ मनाइँदै
Nabil Bank Limited

काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ ।  

वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने गर्छ । यसर्थ पितृ एवं देव कार्यमा पनि खिरलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको पाइन्छ ।  

साउन महिना भगवान शिवको महिना भएकाले दुध र दुधबाट बनेका परिकार भगवान शिवलाई चढाइन्छ । 

खिर खाने दिनलाई साउन महिनाको महत्वको बिम्वका रुपमा समेत लिइन्छ । साउन महिना वर्षाको महिना हुने भएकाले चारैतिर हरियाली छाएको हुन्छ । जसका कारण गाईभैसीले राम्रो दुध दिने भएकाले घरमा खिर बनाएर खाने र इष्टमित्र तथा आफन्तलाई खुवाउने चलन रहेको छ । यसका साथै असारमा रोपाईं गरेर थाकेको जिउलाई खिरले राहात प्रदान गर्नुका साथै स्फुर्ति समेत प्रदान गर्छ । यसैले खिरको सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.