मंगलवार, मंसिर १६,२०८२ 11:57:19
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 11:57:19
Bizshala
Global IME Bank Limited

यी हुन् बढ्दो बजारमा लगानीकर्ताले रोजेका १० कम्पनी

Hyundai Nepal
यी हुन् बढ्दो बजारमा लगानीकर्ताले रोजेका १० कम्पनी
Shivam Cement

काठमाण्डौ । बढ्दो बजारमा सक्रिय लगानीकर्ताहरुले आफूलाई मन परेको सेयरको विषयमा आफ्नो मत व्यक्त गरेका छन् ।  

बिजशालाले केही दिनअघि गुगल फर्म भराई गरेको सर्वेक्षणका क्रममा लगानीकर्ताहरुको रोजाईमा परेका १० कम्पनीको सूची तयार भएको बछ । 

CG Motors
Garima Development Bank
IME remit

सर्वेक्षणमा सहभागी धेरै लगानीकर्ताहरुले नवील बैंकलाई रोजेका छन् । नवील बैंक बैंकिंग समूहको क्रिम कम्पनी पनि हो । यो कम्पनीले वर्षेनी लगानीकर्ताहरुलाई आकर्षक लाभांश दिंदै आएको छ । यहीकारण समेत लगानीकर्ताले नवील बैंकलाई आफ्नो मनपर्ने स्टकको रुपमा रोजेका हुनसक्छन् ।  

सर्वेक्षणमा सहभागीमध्ये ७ प्रतिशत हाराहारीले नवील बैंकलाई आफ्नो रोजाईको स्टक भनेका छन् ।  

यस्तै, दोश्रो नम्बर हिमालयन डिस्टीलरी परेको छ । एचडीएल सिम्बोलबाट दोश्रो बजारमा कारोबार हुने गरेको यो कम्पनीका लागि ६.६६ प्रतिशतले भोट हालेका छन् ।  

पछिल्लो समय रकेटको गतिमा मूल्य दौडाइएको नेपाल फाइनान्स सर्वेक्षणका क्रममा लगानीकर्ताको तेश्रो रोजाईको कम्पनी बनेको छ । यो कम्पनीको वित्तीय अवस्था निकै कमजोर छ । खेलाडीहरुले कर्नरिंग गरी मूल्य रकेटको गतिमा बढाएका कारण यो कम्पनीमा लगानी गर्नेहरु बढेका छन् । सर्टटर्ममा राम्रो नाफा कमाउने दाउ हेरेका लगानीकर्ताहरुका कारण सर्वेक्षणमा नेपाल फाइनान्स तेश्रो रोजाईको स्टक बनेको हुनसक्छ । यो कम्पनीको प क्षमा ६ प्रतिशत लगानीकर्ताको मत परेको छ ।  

एनजीपिएल कारोबार संकेत रहेको ङादी ग्रुप पावर लिमीटेडलाई रोजाईको सेयर मान्नेको संख्या पनि अधिक देखिएको छ । यो स्क्रिप्टका लागि सर्वेक्षणमा सहभागीमध्ये ५.१८ प्रतिशतले भोट गरेका छन् ।  

हिमाल दोलखा हाइड्रोपावरलाई लगानीकर्ताले पाँचौ नम्बरको रोजाईको कम्पनी बनाएका छन् । यसका पक्षमा ४.४४ प्रतिशत मत खसेको छ ।  

हाथ्वे इन्भेष्टमेन्ट, नागरिक लगानीकोष, ग्लोबल आईएमई बैंकलाई लगानीकर्ताले समान दर्जामा राखेर रोजेका छन् ।  

यो सूचीमा नेपाल टेलिकम र गोर्खाज फाइनान्स नवौं र दशौं स्थानमा परेका छन् ।  

1Nabil
2HDL
3NFS
4NGPL
5HDHPC
6HATHY
7CIT
8GBIME
9GUFL
10NTC

यो सर्भेमा लगानीकर्ताहरुले व्यक्त गरेको मतलाई मात्र आधार मानी १० कम्पनीको सूची तयार गरिएको हो । यसमा ती कम्पनीको वित्तीय अवस्था, लाभांश दिनसक्ने क्षमता वा सम्भावना, भरपर्दा आधारभूत तथा प्राविधिक आधार जस्ता विषयहरु हेरिएको छैन । 

यसरी गरिएको थियो सर्वेक्षण

बिजशालाले ५ वटा प्रश्न राखेर गुगल फर्ममार्फत सोमबार सर्वेक्षण आह्वान गरेको थियो । लगानीकर्ताको मनोविज्ञान जान्ने उद्देश्यले गरिएको सर्वेक्षणमा १२ घण्टाभित्र ८ हजार ११३ जनाले सहभागिता जनाएका थिए । तिनै लगानीकर्ताहरुले ती ५ प्रश्नको उत्तर दिने क्रममा व्यक्त गरेको विचारबाट हामीले सबैभन्दा धेरै मत आएको आधारमा लगानीकर्ताको रोजाईमा परेका १० कम्पनीको सूची तयार गरेका हौं ।

बिजशालाले सर्भेको क्रममा क्लोज इण्डेड र ओपन इण्डेड प्रश्नहरु नै तयार गरेको थियो । कुनै प्रश्नको उत्तर सहभागीले एस या नो भनी दिएका थिए भने केही प्रश्नको उत्तरमा आफ्नो धारणा नै व्यक्त गरेका थिए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.