सोमबार, असार २,२०८२ 05:13:54
  • सोमबार, असार २,२०८२ 05:13:54
Global IME Bank Limited

चिलिमे जलविद्युतले कमायो रु.६५.२९ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
चिलिमे जलविद्युतले कमायो रु.६५.२९ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्ममा आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा ०.५७ प्रतिशतले मात्रै बढी हो ।  

अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्रीमार्फत कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ कमाएको छ । यसरी कम्पनीको विद्युत बिक्री आम्दानीमा ०.२८ प्रतिशतको गिरावट आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले उक्त अवधिसम्म विद्युत प्लान्ट सञ्चालनका लागि १५ करोड ५७ लाख रुपैयाँ र ५ करोड ६६ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको सञ्चालन खर्च ७० करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

७ अर्ब ९८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड रुपैयाँ र कुल चालु दायित्व १६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०९ रुपैयाँ, तरलता अनुपात १३.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात ५७.४३ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.