बिहीबार, असार ५,२०८२ 01:33:50
  • बिहीबार, असार ५,२०८२ 01:33:50
Global IME Bank Limited

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

Hyundai Nepal
आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।

मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास रहि आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाँटी, स्याउ, नास्पाती, काक्रो आदि बाँढ्ने गर्छन् ।

गाईजात्रा पर्वको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसर्थ आज सेयर बजारलगायतका बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.