बिहीबार, असार ५,२०८२ 01:33:50
  • बिहीबार, असार ५,२०८२ 01:33:50
Global IME Bank Limited

प्रतिकूल मौसमका कारण उडान प्रभावित, एयर चाइनाको विमान ‘डाइभर्ट’

Hyundai Nepal
प्रतिकूल मौसमका कारण उडान प्रभावित, एयर चाइनाको विमान ‘डाइभर्ट’
Nabil Bank Limited

काठमाण्डौ । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलकाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको छ । बिहान १०ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको उक्त विमान खराब मौसमका कारण ‘डाइभर्ट’ भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केही बेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेको विमानस्थल प्रशासनले जनाएको छ ।  

खराब मौसमका कारण पोखरा विमानस्थलमा बुद्ध एयरको उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एयरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण मङ्गलबार पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.