आईतवार, असार १,२०८२ 11:31:08
  • आईतवार, असार १,२०८२ 11:31:08
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता

Hyundai Nepal
मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता सम्पन्न भएको छ ।  

बैंक र महासंघबीच महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सम्झौताबमोजिम अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधारमा सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने छ ।  

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.