सोमबार, जेष्ठ ४,२०८३ 01:19:27
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:19:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअप उद्यमको लागि अधिकतम २५ लाख दिने, ५ वर्षका लागि ३% ब्याजदर

Laxmi Sunrise Bank Limited
राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअप उद्यमको लागि अधिकतम २५ लाख दिने, ५ वर्षका लागि ३% ब्याजदर
Shivam Cement

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा राष्ट्रिय वाणिज्य बैंकबीच स्टार्टअप उद्यम कर्जा सुरक्षणको लागि छुट्टाछुट्टै समझदारी र सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  

उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवारमा  मन्त्री रमेश रिजालको उपस्थितिमा आज सम्पन्न भएको हो । समझदारी र सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Bizshala
New Office
CG Motors

समझदारी र सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्रालयको सचिव मुकुन्द प्रसाद निरौला, नारायण प्रसाद शर्मा दुवाडी लगायत सहसचिवहरुका साथै कोष, प्रतिष्ठान र बैंकका विशिष्ट पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि,२०८० को व्यवस्था बमोजिम बैंकले नविन प्रविधि एवं सृजनशील सोचको प्रयोग गरेको स्टार्टअप उद्यममा नेपाल सरकारको स्वीकृत बजेटको सीमाभित्र रही प्रवाह भएको कर्जाको सुरक्षण कर्जा सुरक्षण नियमावली, २०७५ बमोजिम कोषले गर्नेछ । प्रतिष्ठानले स्वीकृत बजेटको सीमाभित्र रही निक्षेप तथा कर्जा सुरक्षण कोषमा खडा गरेको छुट्टै स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषबाट बैंकले प्रवाह गरेको स्टार्टअप उद्यम कर्जाको सुरक्षण हुने कार्यविधिको व्यवस्था बमोजिम समझदारी र सम्झौता सम्पन्न भएको हो ।

कार्यविधिको व्यवस्था बमोजिम बैंकले चालू आवमा स्टार्टअप उद्यमको लागि अधिकतम रु २५ लाख रकम प्रवाह गर्नेछ । यस प्रकारको कर्जा कृषि, विज्ञान तथा प्रविधि, परम्परागत प्रविधि, बैकल्पिक तथा नवीकरणीय उर्जा, जलवायु परिवर्तन लगायत विभिन्न १६ क्षेत्रहरुमा प्रवाहित हुनेछ । अधिकतम ५ वर्ष अवधिको स्टार्टअप उद्यम कर्जाको व्याजदर वार्षिक ३ प्रतिशत हुने व्यवस्था कार्यविधिमा उल्लेख रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.