सोमबार, मंसिर १५,२०८२ 11:10:36
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:10:36
Bizshala
Global IME Bank Limited

विश्वकै धनी महिला को हुन् ? कति छ उनीसँग सम्पति ?

Hyundai Nepal
विश्वकै धनी महिला को हुन् ? कति छ उनीसँग सम्पति ?
Shivam Cement

काठमाण्डौ। जब हामी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको बारेमा कुरा गर्छौं। एलोन मस्क, जेफ बोजेस, मुकेश अम्बानी आदिको नाम आउँछ। उनी विश्वकै धनी व्यक्तिमा पर्छन् भन्ने कुरामा कुनै शंका छैन। तर यी सबै पुरुष हुन्। के तपाईलाई थाहा छ संसारकै धनी महिलाको बारेमा बताउँदैछौ।

यी महिलाको नाम हो एलिस वाल्टन। ७४ वर्षीया एलिस वाल्टन एक ठूलो अमेरिकी व्यवसायी महिला हुन्। वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो। उनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनी विश्वकै धनी महिला हुन्। उनी विश्वका धनी व्यक्तिहरूमध्ये १८ औं स्थानमा छिन्।

CG Motors
Garima Development Bank
IME remit

एलिस वाल्टनको सम्पत्तिको बारेमा कुरा गर्ने हो भने ९५.१ अमेरिकी बिलियन डलर (लगभग ८ लाख करोड रुपैयाँ) हो। 

उनका भाइ रोब वाल्टन र जिम वाल्टन सम्पत्तिको हिसाबले अगाडि छन्। सम्पत्तिमा एलिस मुकेश अम्बानी र गौतम अडानीभन्दा अलिपछि छन्।

मुकेश अम्बानी ११३ अर्ब डलरको नेटवर्थका साथ १२ औं स्थानमा छन् भने १०४ बिलियन डलरको नेटवर्थका हिसाबले गौतम अडानी १५ औं स्थानमा छन्।

वालमार्टको उत्तराधिकारीका रूपमा एलिस वाल्टनको नाम आइरहेको हुन्छ।

जुन वालमार्ट अमेरिकाको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी हो। यो कम्पनीले भारतको फ्लिपकार्टको सेयर किनेको थियो।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलिसले लोरियल उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी महिला बनेकी छिन्।

एलिस वाल्टनको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण वालमार्टको सेयरमा भएको वृद्धि हो। 

वालमार्टको सेयर मूल्य एक वर्षमा ४४ प्रतिशतले बढेको छ। यो वृद्धिसँगै यसको मूल्य रेकर्ड उच्च पुगेको छ। जसका कारण वाल्टनको सम्पत्ति २५ अर्ब डलरले बढेको छ।

फ्रान्कोइसको सम्पत्ति घट्यो

लोरियलका संस्थापक युजीन शुलरकी नातिनी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स विश्वकै धनी महिलाको सूचीमा शीर्ष स्थानबाट  तल झरेकी छन्। यो वर्ष उनको सम्पत्ति १० अर्ब डलरले घटेको छ। 

यो गिरावटका कारण उनीहरुको सम्पत्ति ९० अर्ब डलरमा झरेको छ। लुओरियलको सेयर जनवरीदेखि १३ प्रतिशतले घटेको छ। जसले फ्रान्कोइसको सम्पत्तिमा ठुलो गिरावट ल्याएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.