मंगलवार, जेष्ठ ५,२०८३ 02:54:30
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:54:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

५ करोड मानिसबाट भारु.४५ हजार करोड ठग्ने पर्ल ग्रुपका मालिकको मृत्यु

Laxmi Sunrise Bank Limited
५ करोड मानिसबाट भारु.४५ हजार करोड ठग्ने पर्ल ग्रुपका मालिकको मृत्यु
Shivam Cement

काठमाण्डौ । भारतको पञ्जावमा बस्ने पर्ल ग्रुपका मालिक तथा ४५ हजार करोड भारु घोटालाका मास्टरमाइन्ड निर्मल सिंहको मृत्यु भएको छ ।  

सिंहलाई भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन(सीबीआई)ले पक्राउ गरेको थियो । पक्राउ परेदेखि उनी दिल्लीको तिहाड जेलमा थिए । उनलाई पोन्जी स्किममार्फत करडौ रकम जम्मा गरेको आरोप लागेको थियो । उनले यस क्रममा ५ हजार करोडभन्दा धेरै मानिसहरुलाई ठगेका थिए । यसरी ठगेको रकम उनले विदेशमा लगानी गर्ने गरेका थिए ।  

Bizshala
New Office
CG Motors

उनीमाथि अनुसन्धान भएपछि जनवरी २०१६ मा सीबीआईको फन्दामा परेका थिए । पर्ल ग्रुप खडा गर्नुअघि उनी साइकलमा दुध बेच्ने गर्थे । यसै क्रममा उनले पोलिटिकल साइन्समा पोस्ट ग्रेजुएशन पनि गरेका थिए ।  

७० को दशकमा सिंह कामको खोजीमा कलकत्ता पुगेका थिए । जहाँ उनले एक चर्चित लगानी कम्पनी पियरलेसमा केही वर्ष काम गरेका थिए । यसपछि उनी लगानीकर्ताको करडो ठगेको कम्पनी गोल्डेन फरेस्ट इण्डियामा काम गर्न थाले । यो कम्पनीमा काम छाडेपछि उनी बेरोजगार भए । यो कम्पनीमा काम गरेको अनुभवबाट उनले सन् १९८० मा पल्र्स गोल्डेन नामक कम्पनी स्थापना गरे । यो कम्पनीबाट लगानीकर्तालाई राम्रो मुनाफा दिने प्रलोभन दिएर पैसा जम्मा गर्ने गरिन्थ्यो । कम्पनीले सन् १९९६ सम्म करडौ रकम जम्मा गरेको थियो । आयकर र अन्य विभागको अनुसन्धानपछि कम्पनी बन्द भएको थियो ।  

त्यसपछि उनले पञ्जाबको बर्नालाबाट नयाँ कम्पनी पर्ल्स एग्रोटेक कर्पोरेशन लिमिटेड सुरु गरे। यो एक चेन सिस्टम योजना थियो। कम्पनीले दिएको ठूलो नाफाको दाबी र आश्वासनको प्रलोभनमा पाँच करोडभन्दा बढीले यसमा लगानी गरेका थिए । यसअन्तर्गत जनतालाई हरेक महिना थोरै रकम जम्मा गर्न भनिएको थियो । जनताबाट संकलन भएको थोरै रकमबाट उनले स्वदेशमा मात्रै होइन विदेशमा पनि पर्ल ग्रुपको साम्राज्य स्थापना गरे । सिंहले विभिन्न व्यवसायमा करोडौं रुपैयाँ लगानी गरेका छन् । लगानीकर्ताले वाचाबमोजिम लगानी गरेको रकम फिर्ता नगरेपछि सर्वसाधारणले कम्पनीविरुद्ध उजुरी दिन दिएका थिए । त्यसपछि यो मुद्दा सीबीआई पुगेको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.