मंगलवार, जेष्ठ ५,२०८३ 01:35:33
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:35:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने, ४% ले बढ्यो सेयरमूल्य

Laxmi Sunrise Bank Limited
युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने, ४% ले बढ्यो सेयरमूल्य
Shivam Cement

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने भएको छ । पछिल्लो १० त्रैमासमा पहिलोपटक व्यापारको आकार बढेसँगै कम्पनीले सेयर बाईब्याकको योजना सार्वजनिक गरेको हो ।  

‘हाम्रो प्रतिष्पर्धा क्षमता सन्तोषजनक छैन र समग्र अवस्था सुधार गर्नुपर्ने देखिन्छ ।’ कम्पनीका सीईओ हिन स्कुमाचरले भने । कम्पनीको उच्च व्यवसायलाई स्थिर राख्न आवश्यक कदमहरु चाल्ने उनले बताए ।  

युनिलिभरको सेयरमूल्य बिहिबार ४ प्रतिशतले बढेको छ । यो वृद्धि गत अक्टोबर महिना पछिकै सबैभन्दा धेरै हो । गत वर्ष कम्पनीको सेयरमूल्य २ प्रतिशतले घटेको थियो ।  

Bizshala
New Office
CG Motors

कोरोना महामारीका कारण उपभोग्य सामाग्री निर्माण गर्ने उद्योगहरु सबैभन्दा धेरै प्रभावित बनेका छन् । सुर्यमुखि तेल देखि लिएर ढुवानी,प्याकेजिङ तथा कच्चा पदार्थको मूल्य बढेको छ । जसको प्रत्यक्ष असर कम्पनीहरुको नाफामा परेको छ ।  

रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणपछि अवस्था झनै खराब बनेको छ । तर केहि कम्पनीहरुले मूल्य घटाउँदै बिक्रेताहरुलाई पुनरागमन गराउने प्रयास गरेका छन् ।  

मूल्य बढेका कारण पछिल्लो एक वर्षको अवधिमा युनिलिभरको बजार हिस्सा घटेर ३७ प्रतिशतमा सीमित भएको छ। यसले उपभोक्ताहरुको खर्च गर्ने बानीमा समेत परिवर्तन ल्याएको छ ।  विश्लेषक तथा लगानीकर्ताहरुले युनिलिभर र अन्य ठूला उपभोक्ता कम्पनीहरुलाई गुमेको बजार हिस्सामा पुनरागमन गर्न कठिन हुने बताईरहेका छन् ।  

युनिलिभरले यस वर्ष कम्पनीको बिक्री ३ देखि ५ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । चौथौ त्रैमाससम्म कम्पनीको मूल्यवृद्धि २.८ प्रतिशत र कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०२१ को दोस्रो त्रैमासपछि कै पहिलो हो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.