आईतवार, असार १,२०८२ 10:44:19
  • आईतवार, असार १,२०८२ 10:44:19
Global IME Bank Limited

मनकामना केबुलकार अब डिजिटलडी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने

Hyundai Nepal
मनकामना केबुलकार अब डिजिटलडी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने
Nabil Bank Limited

काठमाण्डौ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको २ महिना लगाएर स्तरोन्नति गरेको हो ।  

अस्ट्रियाको विश्व विख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गतअसार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सुचारु हुनेछ ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटलडी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।  

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमाआएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको जनाएको छ ।  

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.