सोमबार, असार २,२०८२ 10:30:49
  • सोमबार, असार २,२०८२ 10:30:49
Global IME Bank Limited

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७०% सम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

Hyundai Nepal
आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७०% सम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी
Nabil Bank Limited

काठमाण्डौ । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्स फाइनान्सट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक–केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न  सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको  यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.