बिहीबार, असार १८,२०८३ 05:43:34
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:43:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो

Laxmi Sunrise Bank Limited
एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको त्थ्यांकमा आधारित प्रतिवेदनमा यस्तो देखिएको हो ।  

तथ्यांकअनुसार चालु आवको साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड सेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ ।  

२०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० साउनमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२०८१ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४७६५ अर्ब ९१ करोड कायम भएको छ । २०८० साउन मसान्तमा बजार पुँजीकरण रु.३०४३ अर्ब १ करोड रहेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.