मंगलवार, असार ३,२०८२ 02:18:26
  • मंगलवार, असार ३,२०८२ 02:18:26
Global IME Bank Limited

अविरल वर्षाका कारण देशभरका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द

Hyundai Nepal
अविरल वर्षाका कारण देशभरका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द
Nabil Bank Limited

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका विभिन्न जलविद्युत आयोजना प्रभावित बनेका छन् । बाढी पहिरोका कारण लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ ।  

यसका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुक्रबार साँझ ७ बजेदेखि बन्द छ ।  

 

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार यो आयोजनामा कार्यरत ५ जनाको अवस्था अज्ञात रहेको छ ।

यस्तै लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती, माथिल्लो खिम्ती जलविद्युत् आयोजना, तामाकोशी र मान्डु, हेवाखोला र तल्लो हेवा खोलामा क्षति पुगेको छ ।  

यस्तै झापाको दमक र इलामस्थित गोदकको बीचमा रहेको काबेली करिडोरको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ठप्प भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.