आईतवार, जेष्ठ ३,२०८३ 06:10:52
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:10:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विपतमा एयरलाइन्सको लूटधन्दा, काठमाण्डौबाट धनगढीभन्दा दिल्ली पुग्नु सस्तो !

Laxmi Sunrise Bank Limited
विपतमा एयरलाइन्सको लूटधन्दा, काठमाण्डौबाट धनगढीभन्दा दिल्ली पुग्नु सस्तो !
Shivam Cement

काठमाण्डौ । दण्डहीनता मौलाएको र कानून तथा व्यवस्था कार्यान्वयनको जिम्मा लिएर बसेकाहरु बेमतलबी भएको समयमा देशका नागरिक कसरी लुटिन्छन् भन्ने एउटा उदाहरण बाढीपहिरोपछि आएको राष्ट्रिय विपतका बेला नेपालका एयरलाइन्स कम्पनीहरुले प्रस्तुत गरेका छन् ।  

बाढीपहिरोका कारण स्थलमार्गबाट देशका अन्य क्षेत्रलाई काठमाण्डौसँग जोड्ने सञ्जाल अवरुद्ध बनेपछि विभिन्न गन्तव्यमा पुग्न एयरलाइन्सको टिकटमा चाप बढ्ने देखेर एयरलाइन्स कम्पनीहरुले विपतकै बेला अमानवीय व्यवहारको पराकाष्ठा प्रदर्शन गर्दै लूटधन्दा मच्चाएका छन् । 

Bizshala
New Office
CG Motors

नेपालमा एयरलाइन्स कम्पनीहरुले नागरिक संकटमा परेको बेला सहयोग गर्नुको साटो विभिन्न आन्तरिक गन्तव्यका हवाई भाडा अचाक्ली बढाएर लूटधन्दा सञ्चालन गरेका हुन् । एयरलाइन्स कम्पनीहरुको यस्तो धन्दा चलिरहँदा सरकारी संयन्त्रहरु भने कानमा तेल हालेर बसेका छन् ।  

विपतमा नेपालका एयरलाइन्स कम्पनीहरुले यात्रुबाट कसरी लुटधन्दा चलाइरहेका छन् भन्ने विषय प्रष्ट हुनलाई एउटा उदाहरण हेरौं ।  

अक्टोबर २ का दिन काठमाण्डौबाट बुद्ध एयर, श्री एयर लगायतले धनगढीको अधिकतम भाडा दर एकतर्फी प्रतिव्यक्ति रु. १७००० पुर्याएका छन् । ५० मिनेटमा काठमाण्डौबाट धनगढी पुग्न सकिने भए पनि अरु बेला अधिकतम ११००० सम्म पाइने टिकटलाई एयरलाइन्सहरुले बढाएर १७ हजार रुपैयाँ पुर्याएका हुन् ।

काठमाण्डौबाट अन्य आन्तरिक गन्तव्यको भाडादर पनि सामान्य अवस्थाको तुलनामा दोब्बरले बढाइएको छ ।  

उता, काठमाण्डौबाट उडेको १ घण्टा ४५ मिनेटमा पुग्न सकिने दिल्लीसम्मको हवाई भाडा भने भारतीय एयरलाइन्स कम्पनीहरुले भने एकतर्फी प्रतिव्यक्ति रु. ११ हजार रुपैयाँसम्ममै बिक्री गरिरहेका छन् । एयर इण्डियाको आधिकारिक वेबसाइटमा अहिले पनि काठमाण्डौ दिल्लीको एकतर्फी भाडा १६००० रुपैयाँमा सहजै उपलब्ध भइरहेको देखिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
एयर इण्डियाले काठमाण्डौ दिल्ली रुटमा दुईतर्फी टिकट अझै पनि ३२ हजार २८४ रुपैयाँमा सहजै उपलब्ध गराइरहेको छ भने केही टिकट त एकतर्फी ११ हजार २८२ मै समेत उपलब्ध देखिन्छ । 

एकघण्टा ४५ मिनेट लामो बाटोका लागि यात्रुले १६ हजार रुपैयाँ भाडा तिर्दा हुने भए पनि नेपालमा भने काठमाण्डौबाट ५० मिनेटमा पुगिने धनगढीका लागि १७ हजार तिर्नुपर्ने बाध्यता आइलाग्दा समेत कोही नबोलेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।  

चौतर्फी विरोध सुरु हुँदा समेत एयरलाइन्स कम्पनीहरुले भाडामा देखाएको अति नाफाखोर प्रवृति र लूटधन्दा बन्द गर्ने तदारुकता देखाएका छैनन् ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि पर्यटनमन्त्री, गृहमन्त्री वा मातहतका कुनै पनि निकायले यस विषयमा चासो दिएका छैनन् । राज्यका सबै जिम्मेवार निकाय तै चूप मै चूप हुँदा एयरलाइन्स कम्पनीहरु भने लूट मच्चाउनमै व्यस्त छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.