सोमबार, जेष्ठ ४,२०८३ 03:34:51
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:34:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२१ कम्पनीले गरे लाभांश घोषणा, ९ वटाको बुक क्लोज हुन बाँकी

Laxmi Sunrise Bank Limited
२१ कम्पनीले गरे लाभांश घोषणा, ९ वटाको बुक क्लोज हुन बाँकी
Shivam Cement

काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम आ–आफ्ना लगानीकर्ताहरुको लागि लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म २१ वटा कम्पनीले आर्जित मुनाफाबाट आफ्ना सेयरधनीको लागि प्रतिफल बाँड्ने निर्णय गरेका हुन् ।  

लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये केही कम्पनीले दशैंअघि नै साधारण सभा समेत आह्वान गरेका छन् । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीले बुकक्लोजको मिति तोकिसकेका छन् भने केहीको बन्द समेत भइसकेको छ ।  

Bizshala
New Office
CG Motors

२१ मध्ये अझैपनि ९ वटा कम्पनीको बुकक्लोज हुन बाँकी छ । यसर्थ उक्त कम्पनीहरुको सेयर दोस्रो बजारमा खरिद गर्दा लाभांश पाउन सकिनेछ । लाभांश घोषणा गरेका कम्पनीहरुमा सर्वाधिक हाइड्रो कम्पनी छन् । त्यस्तै, केही बैंक तथा वित्तीय संस्था र अन्य कम्पनी रहेका छन् ।  

लाभांश घोषणा गर्नेमा ९ वटा हाइड्रोपावर कम्पनी, दुईवटा जीवन बीमा कम्पनी, ६ वटा बैंक तथा वित्तीय संस्था, एक होटल, एक लगानी कम्पनी, एक उत्पादन तथा प्रशोधन र एक अन्य कम्पनी रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

९ कम्पनीको बुक क्लोज हुन बाँकी  

लाभांश घोषणा गरेका २१ कम्पनीहरुमध्ये अझैपनि ९ कम्पनीको सेयर खरिद गर्दा लाभांश पाउन सकिनेछ । जसमा हाथवे इन्भेष्टमेन्ट कम्पनी, सुपर मादी हाइड्रो, युनिलिभर नेपाल, सिटिजन्स बैंक र रुरु जलविद्युतको बुकक्लोज मिति तय भएपनि अझै सेयर खरिद गर्ने अवसर बाँकी छ ।  

साथै स्वाबलम्बन लघुवित्त, आशा लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र सुपर माई हाइड्रोले भने लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजको मिति तोक्न बाँकी नै छ । यसर्थ यी कम्पनीहरुको पनि सेयर खरिद गरि लाभांश पाउन भरपुर अवसर बाँकी नै छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.