मंगलवार, असार ३,२०८२ 08:14:20
  • मंगलवार, असार ३,२०८२ 08:14:20
Global IME Bank Limited

दशैंअघि वीपी राजमार्ग नखुल्ने

Hyundai Nepal
दशैंअघि वीपी राजमार्ग नखुल्ने
Nabil Bank Limited

काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।

आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए ।  मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी राजमार्गको निरीक्षण गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत असोज ११ गते आएको रोशी खोलामा आएको बाढीका कारण वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डको १२ किलोमिटर सडक बगेको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । सम्मेलनमा सचिव शर्माले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने बताए ।  

यस्तै अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने तर ३–४ ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्ने शर्माले बताए । उनले विकल्पको रुपमा सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट प्रगोग गर्न सकिने बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.