आईतवार, असार १,२०८२ 11:33:22
  • आईतवार, असार १,२०८२ 11:33:22
Global IME Bank Limited

सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– र्याली संस्करण सार्वजनिक

Hyundai Nepal
सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– र्याली संस्करण सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो– र्याली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ ।  

साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सकाे पनि आयोजना गर्दै आइरहेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरूउपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथैअफ–रोड क्षेत्रमासमेत पूर्ण ग्रिपप्रदान गर्ने क्षमता राख्छ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सनसहितको यो बाइकमालामो साइड स्ट्यान्ड र लामो गियर लिभर पनि उपलब्ध गरिएको छ । 

२७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्ससहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियर बक्स उपलब्ध गरिएको छ भने,  १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.