शनिबार, जेष्ठ २,२०८३ 09:53:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:53:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।  

बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ११ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२२ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ६.०२ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर १ अर्ब ९१ करोड रुपैयाँबराबर पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ८९ करोड रुपैयाँबराबर छ । इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ७ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.६७ प्रतिशत रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफामा ४२.३४ प्रतिशतको गिरावट आएको छ । यो गिरावटसँगै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोडमा खुम्चिएको छ । बैंकको लाभांश क्षमता भने ९.९६ प्रतिशतबाट बढेर १४.१८ प्रतिशत पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.७१ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३६.१६ र तरलता अनुपात ३४.६७ प्रतिशत कायम भएको छ ।   

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.