आईतवार, जेष्ठ ३,२०८३ 07:21:55
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:21:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी

Laxmi Sunrise Bank Limited
१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी
Shivam Cement

काठमाण्डौ। नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म १० वटा हाइड्रो कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको साधारण सभा समेत सम्पन्न भई प्रस्तावित लाभांश समेत पारित भइसकेको छ ।  

हालसम्म गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने हाइड्रो कम्पनीहरुमा सगरमाथा जलविद्युत् कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रु रु जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सुपर मादि हाइड्रोपावर, साहज उर्जा, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपर माई हाइड्रोपावर छन् ।  

लाभांश घोषणा गरेका १० हाइड्रो कम्पनीमध्ये सगरमाथा जलविद्युत, मन्दाकिनी हाइड्रो र सुपर माई हाइड्रोपावरको बुकक्लोज हुन बाँकी नै छ । यसर्थ उक्त तीन कम्पनीको सेयर खरिद गर्दा अझै लाभांश पाउन सकिनेछ ।  

Bizshala
New Office
CG Motors

लाभांश प्रस्ताव गरेका हाइड्रो कम्पनीमध्ये सबैभन्दा बढी रु रु जलविद्युत कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०. vbc७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । तर कम्पनीको गत असोज ३० गते नै बुकक्लोज भइसकेको छ । यसर्थ असोज २९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।  

त्यस्तै दोस्रोमा भगवती हाइड्रोले कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीको पनि असोज २ गते नै बुकक्लोज भइसकेको छ भने साधारण सभा पनि असोज १६ गते नै सम्पन्न भइसकेको छ ।  

त्यस्तै, सुपर मादी हाइड्रोले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । यता माण्डू हाइड्रोले भने १२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै साहज उर्जाले ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश, अपि पावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश, मन्दाकिनी हाइड्रोले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।  

त्यस्तै, सुपर मादी हाइड्रोले ५ प्रतिशत बोनस सेयर र ०।२६ प्रतिशत नगद लाभांश, सगरमाथा जलविद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश र अरुण भ्याली हाइड्रोले ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद  लाभांश घोषणा गरेका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.