आईतवार, जेष्ठ ३,२०८३ 06:49:56
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:49:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

Laxmi Sunrise Bank Limited
विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
Shivam Cement

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चोक र मोनाष्टिक कलेज,भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक,व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई कात्तिक ८ गते बिहिबार तथा २०८१ कात्तिक ९ गते शुक्रबारका दिन सम्पन्न गरेको हो ।  

 उक्त कार्यक्रममा दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक,व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्दझाले गरेका थिए । उक्त कार्यक्रममा पूँजींबजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, सेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए । 

Bizshala
New Office
CG Motors

साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग —आस्बा, सिआस्बा, मेरो सेयर एपको तथा आईपीओ भर्दा पुर्याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । यस्तै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिमसम्बन्धी विषयहरु पनि समेटेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेकाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा सेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.