आईतवार, जेष्ठ ३,२०८३ 05:59:36
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:59:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक औषत २९% लाभांश दिएको एलआईसी नेपालको सेयर बुलिस बन्दै, यस्तो छ प्राविधिक विश्लेषण

Laxmi Sunrise Bank Limited
वार्षिक औषत २९% लाभांश दिएको एलआईसी नेपालको सेयर बुलिस बन्दै, यस्तो छ प्राविधिक विश्लेषण
Shivam Cement

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड नेप्सेमा सूचीकृत बीमा कम्पनीहरु मध्ये एक हो । यो कम्पनी ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत नेपालमा सन् २००१ देखि सञ्चालित छ । 

यस कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको रहेको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको छ । नेपालीको ४५ प्रतिशत स्वामित्वमध्ये २५ प्रतिशत विशाल ग्रुपको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ।  

Bizshala
New Office
CG Motors

यस कम्पनीका हाल नेपालमा ७६ वटा शाखा कार्यालय छन् । जसअन्तर्गत ६ वटा उपत्यकामा छन् भने ७० वटा उपत्यका बाहिर छन ।

आधाभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रहेको छ । कम्पनीले करिब ८८ प्रतिशत हकप्रद पनि निष्कासन गर्ने भएको छ । जसको बुक क्लोज मिति समाप्त भईसकेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने खूद मूनाफा २३ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु २३५ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी २.८३ प्रतिशत रहेको छ । कम्पनीको ९ वर्षको बार्षिक औषत लभांशदर २९ प्रतिशत रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल वियरिस सेन्टिमेन्टमा चलेको छ । यो कम्पनी हाल २० को तहमा वियरिस सेन्टिमेन्टमा चलेको छ । यो इन्डेक्समा यदि २० भन्दा तल भए स्ट्रङ वियरिस र ८० भन्दा माथि पुगेमा स्ट्रङ बुलिस भन्ने हुन्छ । यो कम्पनी हाल दोस्रो बजारमा १ हजार २७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउले मध्य ब्याण्डलाई ब्रेक गरेर हाल अपर ब्याण्डलाई छोएको छ । अर्थात बुलिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डीमा करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम नेगेटिभ र छोटाछोटा हुँदै गरेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ६० को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटबाट नियाल्दा यो कम्पनीको सेयर मूल्यले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १५२२

प्रतिरोध २ – १४२६

प्रतिरोध १–  १२९३

पिभट प्वइन्टः ११९७

घटेमा सपोर्ट  

सपोर्ट १– १०६४

सपोर्ट २– ९६७

सपोर्ट  ३ – ८३५

निष्कर्षःगत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार यो कम्पनीको प्रतिसेयर आम्दानी, बुक भ्यालु , खुद मुनाफा तथा रिर्टन अन इक्विटी सबैमा बढोत्तरी आएको छ । हालसम्म कम्पनीको वित्तिय विवरण सन्तोषजनक नै रहेको छ । तर अब पूँजी बढ्दा कम्पनीले खुद मुनाफा र रिर्टन अन इक्विटीमा पनि बढोत्तरी गर्न सकेको खण्डमा कम्पनी अब्बल नै हुनेछ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भाउ लामो समयको गिरावटपछि हाल म्याक्डीमा बुलिस क्रस बन्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.