बुधबार, असार १७,२०८३ 06:17:56
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:17:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी

Laxmi Sunrise Bank Limited
सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

हिजो(बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा अघिल्लो दिनको तुलनामा ४ हजारले गिरावट आई १ लाख ६४ हजार ५०० मा सीमित बन्न पुगेको थियो ।  

बिहीबार कायम भएको मूल्यको तुलनामा शुक्रबार भने प्रतितोलामा रु. २००० को बढोत्तरी भई १ लाख ६६ हजार ५०० मूल्य कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा कात्तिक १५ गते सुनको भाउ अलटाईम हाई अर्थात प्रतितोला १ लाख ७१ हजारको उचाईमा पुगेको थियो ।  त्यसपछि निरन्तर घटिरहेको सुनको भाउ शुक्रबार भने पुनः २ हजार प्रतितोलामा बढ्न पुगेको हो ।  

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बिहीबार अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँ सस्तो बनेको सुनको भाउ शुक्रबार भने बिहीबारको तुलनामा प्रतितोलामा २० रुपैयाँले बढेर १९८० पुगेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.