आईतवार, असार १,२०८२ 11:06:21
  • आईतवार, असार १,२०८२ 11:06:21
Global IME Bank Limited

रुरु जलविद्युतको नाफा र आम्दानीमा सामान्य सुधार, प्राधिकरणसँग ७.५९ करोड लिन बाँकी

Hyundai Nepal
रुरु जलविद्युतको नाफा र आम्दानीमा सामान्य सुधार, प्राधिकरणसँग ७.५९ करोड लिन बाँकी
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानीमा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ०.५६ प्रतिशतले बढ््दै ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको वित्त खर्च २१ लाख ६० हजार रुपैयाँबाट घटेर १५ लाख ९३ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च भने १७ लाख ६५ हजार रुपैयाँबाट बढेर  २१ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  

४९ करोड ३३ लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा २१ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौताअन्तगर्तको अतिरिक्त २० प्रतिशतले हुन आउने ७ करोड ५९ लाख २८ हजार ८१८ रुपैयाँ प्राधिकरणसँग लिन बाँकी रहेको कम्पनीले जनाएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३०.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.२९ गुणा र तरलता अनुापत ३ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.