आईतवार, जेष्ठ ३,२०८३ 04:37:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:37:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मिड सोलु हाईड्रोपावरको नाफा १९१०% ले बढ्यो, रिजर्भको आकार पनि उल्लेख्य वृद्धि

Laxmi Sunrise Bank Limited
मिड सोलु हाईड्रोपावरको नाफा १९१०% ले बढ्यो, रिजर्भको आकार पनि उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु् आवको पहिलो त्रैमाससम्म ३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलानमा १९१०.११ प्रतिशतले धेरै हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १७ लाख ७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५४.०५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५ करोड ७३ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर ८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको खुद सञ्चालन मुनाफा पनि ३ करोड ९३ लाखबाट बढेर ६ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्चमा गिरावट आएको छ । वित्त खर्च २७.३८ प्रतिशतले घटेर २ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकारमा उछाल आएको छ । रिजर्भको आकार ४ लाख ३६ हजार रुपैयाँबाट बढेर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ३० लाख र कुल चालु दायित्व १ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो अवधिसम्म कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा र ८५ लाख रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८८.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.८८ गुणा कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.