मंगलवार, जेष्ठ ५,२०८३ 04:51:04
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:51:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन

Laxmi Sunrise Bank Limited
दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन
Shivam Cement

काठमाण्डौ । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ । नवलपरासीको दलदलेमा रहेको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबी/टी चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दल्दलेको साथै दिगो ई(स्टप रामटार र कुरिन्टारमा सञ्चालन भईरहेको छ ।

उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत, सौरब श्रेष्ठले यस ई–स्टपको स्थापनामा खुशी ब्यक्त गर्दै भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा  संचालनपछि यस राजमार्गको यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिनेछ ।’  

Bizshala
New Office
CG Motors

सोही उद्घाटन समारोहमा दिगो ग्रुपको अध्यक्ष, राजन रायमाझीले अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘दिगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको छ । दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं। ’

Garima Development Bank
Shivam Cement
IME remit

दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ। यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू छन् । जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ। यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाईलो रेस्टुरेन्ट पनि छ। थप रूपमा, यात्रुहरूले सफा र पहुँचयोग्य सार्वजनिक शौचालयको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.