सोमबार, जेष्ठ ४,२०८३ 09:02:35
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:02:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च हवाई भाडा लिएको गुनासोप्रति हिमालयन एयरलाइन्सको गम्भीर ध्यानाकर्षण, कालोबजारी गरेका भेटिए कारवाहीको चेतावनी

Laxmi Sunrise Bank Limited
उच्च हवाई भाडा लिएको गुनासोप्रति हिमालयन एयरलाइन्सको गम्भीर ध्यानाकर्षण, कालोबजारी गरेका भेटिए कारवाहीको चेतावनी
Shivam Cement

काठमाण्डौ । हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्चहवाई भाडा लिएको भनि आएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाण्डौबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्चहवाई भाडा लिएको भनि आएको जनगुनासोप्रति हिमालय एअरलाइन्स्को गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कम्पनीले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको स्पष्ट पारेको छ ।

Bizshala
New Office
CG Motors

कालोबजारी नियन्त्रणका लागि कम्पनीले विभिन्न उपाय अपनाइएको जनाएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ग्रुप टीबीए(प्रि–पर्चेज) बुकिङ निलम्बन गरि सकेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरि सकिएको साथै ट्राभल एजेन्टहरूलाई हप्तामा कम्तीमा दुई पटक ईमेल पठाइरहेको उल्लेख गरेको छ । यदि कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानूनअनुसार कारबाही गरिने चेतावनी कम्पनीले दिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

वाई क्लास भाडा नर्मल इकोनमिक्लासकोे उच्चतम श्रेणीको भाडादर भएको र यात्रुहरूलाई सहज बनाउन हिमालय एअरलाइन्स्ले २१ नोभेम्बर २०२४ देखि सो उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको छ ।  

यसैगरि, यात्रुहरूले आफूसँग अत्याधिक भाडादर लिइएको भन्ने भएमा कम्पनीलाई सम्पर्क गर्न आग्रह गरिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.