मंगलवार, जेष्ठ ५,२०८३ 06:18:52
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:18:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश, यो वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य

Laxmi Sunrise Bank Limited
मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश, यो वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य
Shivam Cement

काठमाण्डौ । नेपालकै पहिलो केबुलकार, मनकामना केबुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।  

२६ औंवार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबुश्रेष्ठलाई सम्झदै उनको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

Bizshala
New Office
CG Motors

केवुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम् डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै, मनकामनामा बेकुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने लक्ष्य कम्पनीको रहेको छ । 

सञ्चालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको कम्पनीले जनाएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य कम्पनीको रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.