मंगलवार, जेष्ठ ५,२०८३ 04:45:50
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:45:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान

Laxmi Sunrise Bank Limited
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान
Shivam Cement

काठमाण्डौ । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा  आयोजित करदातासँगको  अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेकी थिइन्  ।  

सम्मानका क्रममा कार्यालयको तर्फबाटबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् । 

सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदीन कार्यालयको तपर्mबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि भएको र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्ण ब्यक्तीहरुलाई अनुरोध पनि गरे । 

Bizshala
New Office
CG Motors

साथै, उनले मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद समेत दिए । मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस,  रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।  

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

Garima Development Bank
Shivam Cement
IME remit

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुतmानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.