सोमबार, मंसिर १५,२०८२ 11:37:13
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:37:13
Bizshala
Global IME Bank Limited

बाढीपहिरोको क्षतिले रु.६० करोडको मोटर बीमा दाबी, २४.०१% भुक्तानी

Hyundai Nepal
बाढीपहिरोको क्षतिले रु.६० करोडको मोटर बीमा दाबी, २४.०१% भुक्तानी
Shivam Cement

काठमाण्डौ । बाढीपहिरोले क्षति पुर्याएका कारण निर्जीवन बीमा कम्पनीहरुमा १ हजार भन्दा बढी मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १२ गतेसम्ममा १४ निर्जीवन बीमक र ४ वटा लघुबीमक गरी कुल १८ वटा बीमा कम्पनीमा १ हजार २८० वटा सवारी साधनको दाबी परेको हो ।  

प्राधिकरणका अनुसार सो अवधिसम्ममा निजी सवारीतर्फ ९०२ वटा र सार्वजनिक सवारीतर्फ ३७८ वटा सवारी साधनको दाबी परेको हो । सो अवधिसम्ममा ६० करोड ६० लाख ३३ हजार रुपैयाँको दाबी परेको हो ।  

जसमा निजी सवारीतर्फ ३७ करोड ४५ लाख ४९ हजार र सार्वजनिक सवारीतर्फ २३ करोड १४ लाख ९० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

हालसम्म बीमा कम्पनीहरुले भने ५१५ वटा मोटर बीमाको दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । जसमा निजीतर्फ ३८० वटा सवारी र सार्वजनिक तर्फ १३५ वटा सवारी साधनको दाबी भुक्तानी गरिसकेको छ प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बीमा कम्पनीले गरेको अग्रिम दाबी भुक्तानीको विवरण समेत समावेश गरिएको छ ।  

सो अवधिसम्ममा १४ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको मोटर बीमाको दाबी भुक्तानी भइसकेको छ । निजीतर्फ ८ करोड ४७ लाख ५० हजार रुपैयाँ र सार्वजनिकतर्फ ६ करोढ ११ लाख ८८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

हालसम्मा दाबी परेको मोटर बीमाको रकममा बीमा कम्पनीहरुले जम्मा २४.०१ प्रतिशत बीमाको मात्रै दाबी भुक्तानी दिएको छ ।  

मंसिर १२ गतेसम्ममा निर्जीवन बीमकहरुमा विभिन्न बीमालेखहरुको ३ हजार ५२९ वटा बीमा दाबी परेको छ । कम्पनीहरुमा १२ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । प्राधिकरणका अनुसार बीमकहरुले सो अवधिसम्ममा १ हजार २१५ वटा बीमा वापत ७८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिइसकेको छ ।  

बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा धनजनको क्षति भएको छ । बीमा कम्पनीहरुमा बीमा दाबीको चाप बढ्दो छ । सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, मोटर बीमा, सामुद्रिक बीमा, पशुपन्छी बीमा, कृषि बाली बीमा र विविध गरी मंसिर १२ गतेसम्ममा साढे ३ हजार वटा बीमाको दाबी परेको हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.