आईतवार, जेष्ठ ३,२०८३ 09:50:36
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:50:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
चीनको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै प्रधानमन्त्री
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सेकर आज स्वदेश फर्कदै छन् ।  प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ ।  

उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका थिए ।  चीन भ्रमणका क्रममा प्रधानमनत्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।  भेटका क्रमा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।  

Bizshala
New Office
CG Motors

यसैबीच मंसिर १९ गते नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । गत मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । जसमा नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी विषय रहेका छन् ।

भ्रमणका क्रममा चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिन सहमत भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने लागेको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ ।  

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीले सकारात्मक बचन दिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.