मंगलवार, जेष्ठ ५,२०८३ 03:56:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:56:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वाणिज्य बैंकहरुको मुनाफा ७.५६% ले वृद्धि, ६ वटाको नाफा घट्दा कृषि विकास बैंक २२ करोड घाटामा

Laxmi Sunrise Bank Limited
वाणिज्य बैंकहरुको मुनाफा ७.५६% ले वृद्धि, ६ वटाको नाफा घट्दा कृषि विकास बैंक २२ करोड घाटामा
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले ७.५६ प्रतिशतले मुनाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा वाणिज्य बैंकहरुले २२ अबै २९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

जुन यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.५६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका थिए ।  

बैंकहरुको रिकभरीमा भएको सुधारका कारण अधिकांश बैंकले गत आवको तुलनामा नाफा बढाउन सफल भएका छन् ।  

Bizshala
New Office
CG Motors

४ महिनासम्ममा सर्वाधिक नबिल बैंकले नाफा कमाएको छ । बैंकले सो अवधिसम्म २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २४.०३ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो ।  

दोस्रो बढी नाफा कमाउने भने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले २ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८.५८ प्रतिशत बढी हो । गत आवको चार महिनामा ग्लोबलले १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्र्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ७१  लाख रुपैयाँ र नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।  

यसका साथै हिमालयन बैंकले ९१ करोड ८८ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन्स बैंकले ४३ करोड ८६ लाख र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।  

४ महिना अवधिसम्ममा भने कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कुनको कति बढ्यो नाफा ?

वाणिज्य बैंकहरुले गत आवको चार महिनासम्मको तुलनामा चालु आवको सो अवधिसम्म ७।५६ प्रतिशतले नाफा बढाएका छन् ।  

२० वाणिज्य बैंकमध्ये १३ वटा बैंकले गत आवको तुलनामा नाफा बृद्धि गरेका छन् भने ७ वटाले अझैपनि नाफा बढाउन सकेका छैनन् ।  

सर्वाधिक नाफा ग्रोथ गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । बैंकले १०७.२६ प्रतिशतले नाफा बढाएको छ । गत आवको ४ महिनासम्म ५१ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस बैंकले चालु आवको सो अवधिसम्म १ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा सिद्धार्थ बैंकको नाफा शतप्रतिशत बढेको छ । गत आवमा ३३ करोड ३८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस बैंकले चालु आवको कात्तिक मसान्तसम्म १००.०२ प्रतिशतले बढाएर ६६ करोड ७८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

यसका साथै कुमारी बैंकले ७९.०९ प्रतिशत, नेपाल एसबिआई बैंकले ६६.३० प्रतिशत, नेपाल बैंकले ४०.५१ प्रतिशत, एभरेष्टले ३९.७२ प्रतिशत, नबिल बैंकले २४.०३ प्रतिशत, एनएमबि बैंकले १९.७५ प्रतिशत, प्रभु बैंकले १६.३७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १५.८२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ८.५८ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.९९ प्रतिशत र माछापुच्छ्रे बैंकले २.७१ प्रतिशतले नाफा बढाएका छन् ।  

६ वटा बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ । सर्वाधिक घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको मुनाफा ७१.८३ प्रतिशतले घटेको छ ।  

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ५४.१९ प्रतिशत, सिटिजन्स बैंकको २४.६९ प्रतिशत, सानिमा बैंकको १६.२७ प्रतिशत, हिमालयन बैंकको ३९.०१ प्रतिशत, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.४६ प्रतिशतले नाफा घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.