मंगलवार, असार १०,२०८२ 11:33:07
  • मंगलवार, असार १०,२०८२ 11:33:07
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘स्ट्रङ बुलिस’ क्याण्डल, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘स्ट्रङ बुलिस’ क्याण्डल, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर सामान्य रहेको बजार अन्त्यमा करिब ४६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा सपोर्ट जोन २६६० विन्दुमा स्ट्रङ बुलिस क्याण्डल बनेको देखिन्छ ।  

आजको क्याण्डलले यस अघि बनेको २ वटा क्याण्डलाई पुरै ढाकेको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । त्यसैगरि, बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा आज बजारले तल्लो ब्याण्डमा सपोर्ट लिएको छ भने अब मध्य ब्याण्ड २७२० विन्दु आसपासमा प्रतिरोध सामाना गर्न सक्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तर आगामी कारोबारमा यदि बजार यो विन्दुभन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिका यात्रा तय गर्न सक्छ । तर बजार पुनः २७ सय तल खसेमा भने केही समय अझै साइडवेज पनि चल्न सक्छ । आवरली बेसमा आरएसआई ओभर सोल्ड जोन ३० बाट फर्केर हाल ५० भन्दा माथि बन्द भएको छ । मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोन १४ बाट फर्केर ४८ मा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिदै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.