अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, यूरो र पाउण्डको मूल्य समेत वृद्धि
काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको थियो।

