के बजारले २५८० विन्दुमा बलियो सपोर्ट लिँदै छ ? प्राविधिक रुपमा यस्तो छ सम्भावना
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से सामान्य अंकले घट्यो । बजार घट्दा कारोबार भने बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा खासै सकारात्मक देखिदैन । बोलिङ्गर ब्याण्डबाट नियाल्दा पनि अपर ब्याण्ड र लोवर ब्याण्ड केही फुकेको देखिन्छ । यसले बजारमा उतारचढाव हुन सक्ने देखिन्छ । मध्य ब्याण्ड पनि बिस्तारै तल झुकेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको...

