काठमाण्डौ । हिमालयन पावर पार्टनर नाफामा उक्लिएको छ । अघिल्लो आवमा २६ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
कम्पनीको विद्यत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा उक्लिन सफल भएको हो । गत आवमा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४.२१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
साथै कम्पनीको विविध आम्दानी पनि २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीको विविध आम्दानी जम्मा १६ लाख ८४ हजार रुपैयाँ रहेकोमा गत आवमा २१ लाख ४ हजार पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ७३.३९ प्रतिशतले बढेर १७ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
साथै कम्पनीको कुल सम्पत्तिको आकार सामान्य घटेर ५ अबै ४९ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.८२ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने यस्तो सूचक २४.६२ रुपैयाँ ऋणात्मक थियो । साथै नेटवर्थ ११६.१० रुपैयाँ र पीई रेसियो ७२.८१ गुणा रहेको छ ।