नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, आरएसआई ओभर बट जोनमा
काठमाण्डौ । आजसम्म गरेर सेयरबजार लगातार ६ दिन बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजार अपर ब्याण्डसँगै हिड्न थालेको छ । यदि मूल्य रेखाहरु अपर ब्याण्डसँगै हिड्छ भने त्यसलाई बुलिस बजारको रुपमा बुझिन्छ ।

