सपोर्ट लघुवित्तको नाफा १४०% ले बढ्यो, ईपीएस ४१.८१ रुपैयाँ पुग्यो
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रेमाससम्ममा ५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४०.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

