काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १९ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, डायनामिक मनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज २ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५५.३३ प्रतिशत सेयर खरिद भएको छ भने ४४.६७ प्रतिशत सेयर बिक्री भएको छ ।
