बिहीबार, श्रावण ८,२०८२ 12:12:04
  • बिहीबार, श्रावण ८,२०८२ 12:12:04
Global IME Bank Limited

उधारो कारोबार बन्द गर्ने बोर्डको तयारीको विषयमा यसो भन्छन् ब्रोकर

Hyundai Nepal
उधारो कारोबार बन्द गर्ने बोर्डको तयारीको विषयमा यसो भन्छन् ब्रोकर
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले उधारो कारोबार बन्द गर्ने तयारी गरेको छ । बोर्डले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्रै कारोबार हुने ब्यबस्था गर्ने जनाएको छ ।  

यो भनेको अब लगानीकर्ताको बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गरेर पैसा भए नभएको एकिन गरेर मात्रै सेयर कारोबार गर्न पाउने भन्ने हो ।  

के छ हालको व्यबस्था ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले तयार पारेको कारोबार नियामवलीमा २०७५ मा प्रथम पक्षले दोस्रो पक्षसँग सेयर कारोबार गर्दा २५ प्रशितशत अग्रीम भुक्तानी लिनु पर्ने भन्ने व्यवस्था छ । यस आधारमा हाल लगानीकर्ताहरुले सेयर कारोबार गर्दा २५  प्रतिशत रकम अग्रीम भुक्तानी गर्नै पर्छ । यस्तो रकम हाल लगानीकर्ताहरुले चेक मार्फत दिने गरेका छन् ।

तर लगानीकर्ताहरुले दिएको चेक सटही नहुने समस्या देखिएपछि धितोपत्र बोर्डले ब्रोकरहरुकै सल्लाहमा खरिदकर्ताको खातामा रकम भए पश्चात मात्रै सेयर कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ ।  

Muktinath Bikas Bank Limited

स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिजापति भन्छन्, ‘हामीमा जस्तो उधारोमा सेयर किन्ने व्यबस्था संसारमै  कतैपनि छैन । हाम्रोमा सेयर बेच्ने सिस्टम सहि रहेको छ । किनकी खातामा सेयर नभईकन सेयर बेच्न नै मिल्दैन । तर किन्ने सिस्टम बिल्कुल ठीक छैन ।’

उनले थप्दै भने, ‘यदि लगानीकर्ताले मलाई एक करोडको चेक लेखेर टेबलमा राखेपछि मैले लगानीकर्तालाईलाई ४ करोडको लिमिट दिनु पर्यो । अब त्यो ४ करोड पैसाले फेक अडर राखियो । जसले गलत  सूचना गयो । अब यहाँ लगानीकर्ताको खातामा एक करोड पैसा छ वा छैन भन्ने निश्चित भएन । एक करोडको त ग्यारेन्टि हुनु पर्छ तर दिएको चेकमा कुनै ग्यारेन्टि भएन । यसको अर्थ अब चेकको आधारमा मात्रै काम नगर्नु भन्ने हो । २५ प्रतिशत लिएर कारोबार गर्न भनेको चेकको आधारमा कारोबार गर्नु भनेको होइन ।’

चेकलाई एडभान्स मान्नु गलत अभ्यास भएको उनले बताए । ‘खासमा सेयर किन्न आफ्नो खातामा पैसा हुनै पर्छ । उधारोमा सेयर किन्ने हो भने मार्जिन कारोबार को छुट्टै विन्डो सहित सिस्टम र नीति नियम हुनु पर्यो,’ उनले भने, ‘क्यासको बायर र मार्जिन कारोबारको खरिदकर्ता छुट्टिनु पर्यो ।’ सिजापति ब्रोकरहरुलाई मार्जिन कारोबारको व्यबस्था गरेर जोखिम आफै लिन छोड्नु पर्ने तर्क गर्छन ।  

‘अहिले हाम्रोमा शतप्रतिशत उधारो कारोबार रहेको छ । यो ठीक होइन । बोर्डले उधारो कारोबार रोक्न भनेको हो । उधारो कारोबारले बजारमा गलत कार्य भयो भन्ने हो । यसको अर्थ शतप्रतिशत नै नगदमा कारोबार गर भनेको हो जस्तो मलाइ लाग्दैन,’ सिजापति भन्छन् । २५ प्रतिशत अग्रीम लिए पनि बाँकी रकम भने भोलिपल्ट नै दिनु पर्ने सिजापति बताउँछन् । अहिलेको धितोपत्र बोर्डले ब्रोकरहरुको उधारो सेटलमेन्टलाई जोड दिएको उनले बताए । यसले ब्रोकरहरुको हित हुने उनले बताए । अहिलेको समस्या समाधानको लागि मार्जिन कारोबारको व्यबस्था हुनु पर्नेमा उनले जोड दिए ।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे भन्छन ‘धितोपत्र बोर्डले नयाँ नियम ल्याउन भन्दा पनि हालको नियमलाई नै ब्यबस्थित गर्न खोजेको हो । अहिले पनि २५ प्रतिशत पेश्की स्वरुप लिने ब्यबस्था रहेको छ । यसको अर्थ शतप्रतिशत नै क्यास गर्न खोजिएको भने होइन । अहिलेको कानूनले नै भनेको विषयलाई बैंक इन्ट्रिगेसन गरेर ब्रोकरहरुमा डिफल्टको समस्या समाधान गर्ने भन्ने हो ।’  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.