काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.४७ प्रतिशत अर्थात १९.८७ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार २३९ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरेल रिजर्भले डिसेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्नसक्ने उच्च सम्भावनाका कारण पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । विश्व राजनीतिमा देखिएको अस्थिरताका कारण समत सुनको भाउ बढ्न सहयोग पुगिरहेको छ ।
यस्तै विश्वभरका केन्द्रीय बैंकहरुले सुनको भण्डारण बढाउँदा समेत माग बढ्न गई भाउ वृद्धि भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि ०.६८ डलरले बढ्दै प्रतिऔंस ५७.१३ डलरमा कारोबार भईरहेको छ ।

