काठमाण्डौ । सोमबार पनि सुनको मूल्य वृद्धि भएको छ । स्थानिय बजारमा आज बहुमूल्य पहेँलो धातु सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६ सय कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला सुनको कारोबार २ लाख ५२ हजार २ सयमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

